ट्रम्पको लागि भारतमा कती छ सुरक्षा ? « Arthapath.com
१२ फाल्गुन २०७६, सोमबार

ट्रम्पको लागि भारतमा कती छ सुरक्षा ?



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणका क्रममा सुरक्षा प्रदान गर्न १ सय ८ वरिष्ठ प्रहरी अधिकारी र १२ हजार जवान खटिने भएका छन् । अहेमदावादमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई ३३ डेपुटी कमिसनर अफ पुलिस, ७५ असिस्टेन्ट कमिसनर अफ पुलिस र हजारौं प्रहरी जवानले सुरक्षा प्रदान गर्ने भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

फेब्रुअरी २४ मा हुने ट्रम्पको भारत भ्रमणका क्रममा सुरक्षा प्रदान गर्न ३३ डेपुटी कमिसनर, ७५ असिस्टेन्ट कमिसनर अफ पुलिस, ३०० पुलिस इन्सपेक्टर, एक हजार सब(इन्सपेक्टर, १२ हजार जवान र २ हजार महिला प्रहरी खटाइने छन ।

त्यसैगरी ३ कम्पर्नी र्यापिड एक्सन फोर्स’ (आरएएफ) र ७ कम्पनी ’क्विक रेस्पोन्स टिम’ (क्यूआरटी) समेत परिचालन गरिने छन् । त्यसैगरी १५ वटा बम निस्क्रिय युनिट र कुकुरसमेत परिचालन गरिने छन् ।


प्रतिक्रिया दिनुहोस्