एक पटकमा ६ वटा बच्चा जन्माईन « Arthapath.com
१८ फाल्गुन २०७६, आईतवार

एक पटकमा ६ वटा बच्चा जन्माईन



काठकाडौं । गर्भवतीले जुम्ल्याहा बच्चा जन्माउनुलाई सामान्य मानिन्छ । तर, भारतको मध्यप्रदेशस्थित श्योपुर जिल्लाको एउटा अस्पतालमा गर्भवती ६ वटा बच्चा जन्माएर र सबैलाई हैरान बनाइदिएकी छन ।

स्थानीय अस्पतालमा मूर्ति बाइ नाम गरेकी गर्भवती महिलाले एकैपटक ६ वटा बच्चालाई जन्म दिएकी हन् ।

यद्यपि उनका दुईजना बच्चाको जन्मिदै मृत्यु भएको छ भने अन्य ४ जनालाई आइसियुमा राखिएको छ । बच्चाहरूको तौल सामान्यभन्दा निकै कम भएको डाक्टरहरूले बताएका छन् ।

अस्वाभाविक रूपमा महिलाले ६ वटा बच्चा जन्माएको खबरले सबैलाई हैरान पारेको छ, मान्छेहरू ती महिला तथा बच्चाहरूलाई टाढाटाढाबाट भेट्न आइरहेका छन ।


प्रतिक्रिया दिनुहोस्