नेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा रोक « Arthapath.com
२७ फाल्गुन २०७६, मंगलवार

नेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा रोक



काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा कतार जानका लागि श्रम स्वीकृति दिन बन्द गरेको छ । कतार सरकारले नेपालसहित १४ देशका नागरिकलाई अर्काे व्यवस्था नभएसम्मको लागि कतार प्रवेशमा रोक लगाएसँगै नेपाल सरकारले पनि श्रम स्वीकृति दिन बन्द गरेको हो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार प्रसाद दाहालले मंगलबारदेखि कतारको लागि श्रम स्वीकृति बन्द गरिएको जानकारी दिए । कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि कतारले सावधानीसहित जोखिममा रहेको नेपालसहित १४ देशलाई कतार प्रवेशमा रोक लगाएको। हाृे । कतारको सोही निर्णयपछि हाललाई कतार जान चाहने नेपालीका लागि श्रम स्वीकृति दिन बन्द गरिएको दाहालको भनाइ छ । उनले अवस्था सहज हुनेबित्तिकै पुनः श्रम स्वीकृति दिन सुरु गरिने जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्