अस्ट्रेलियामा फेसबुकविरुद्ध मुद्दा « Arthapath.com
२७ फाल्गुन २०७६, मंगलवार

अस्ट्रेलियामा फेसबुकविरुद्ध मुद्दा



काठमाडौं । अस्ट्रेलियाको गोपनियता नियामक निकायले ३ लाखभन्दा बढी नागरिकको निजी सूचना उनीहरुको जानकारी बिना राजनीतिक सल्लाहकार कम्पनी क्यान्ब्रिज एनालिटालाई दिएको आरोपमा फेसुबकविरुद्ध मुद्दा दायर गरेको छ । अस्ट्रेलियाली सूचना आयुक्त एन्जेलिन फोकले संघीय अदालतमा फेसबुकमाथि एक सर्भे ‘दिस इज योर डिजिटल लाइफबाट आफ्नो वेबसाइटमा राजनीतिक रुझान थाहा पाउनका लागि ३ लाख ११ हजार १ सय २७ प्रयोगकर्ताको सूचना खुलासा गरेर गोपनियताको कानून तोडेको आरोप लगाएका छन ।

यो सवालमा गोपनियता कानूनको प्रत्येक उल्लंघनमा अधिकतम् १.७ मिलियन अष्ट्रेलियाली डलरसम्म जरिवाना हुनसक्छ । यदि अदालतमा ३ लाख ११ हजार १ सय २७ सवालमा हरेकका लागि अधिकतत जरिवाना गरिएमा यो जरिवानाको आकार ५ सय २९ अरब अस्ट्रेलियाली डलर हुनेछ ।

सन २०१४ देखि २०१५ सम्म यसरी नै प्रयोगकर्ताको व्यक्तित्व प्रश्नोत्तरी सर्भेको कारण सुरु गरिएको जाँचपछि अमेरिकी संघीय व्यापार कमिशनले गत जुलाईमा फेसबुकमा रेकर्ड ५ अरब डलरको जरिवाना लगाएको थियो ।


प्रतिक्रिया दिनुहोस्