कोरोना भाइरस पूर्वतयारीको लागि विश्व बैंकको नेपाललाई साढे ३ अर्ब ४३ करोड « Arthapath.com
२८ फाल्गुन २०७६, बुधबार

कोरोना भाइरस पूर्वतयारीको लागि विश्व बैंकको नेपाललाई साढे ३ अर्ब ४३ करोड



काठमाडौं । कोरोना भाइरस न्यूनिकरणको लागि विश्व बैंकले नेपालाई ३ अर्ब ४३ करोड रुपैयाँ दिने भएको छ । साथै विश्वमा नै महामारीको रुपमा लिइएको कोराना भाइरस न्युनिकरणको लागि आपतकालिन रुपमा सहयोग स्वरुप १२ अर्ब अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको हो । त्यसैमध्येबाट विश्वबैंकले नेपाललाई झण्डै साढे ३ अर्ब रकम उपलब्ध गराउन लागेको हो ।

विश्व बैंकले उपलब्ध गराउन लागेको उक्त रकम भाइरस सचेतना, रोकथाम तथा पूर्वतयारीको लागि उपभोग गरिने अर्थमन्त्रलयले जनाएको छ । विश्व बैंकका नेपालस्थित देशीय प्रतिनिधिसंग अर्थ तथा स्वास्थ्य मन्त्रालयका अधिकारीसंग कोरोनाको प्रभावित क्षेत्रको बारेमा कसरी अध्ययन गर्ने भन्ने कुराको लागि छलफल गर्नका लागि मंगलबार बैठक बसेको थियो ।


प्रतिक्रिया दिनुहोस्