कोरोना भाइरस फैलनबाट रोक्न युरोपबाट अमेरिका प्रवेशमा प्रतिबन्ध « Arthapath.com
२९ फाल्गुन २०७६, बिहीबार

कोरोना भाइरस फैलनबाट रोक्न युरोपबाट अमेरिका प्रवेशमा प्रतिबन्ध



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस संक्रमण फैलनबाट रोक्नका लागि युरोपेली देशबाट अमेरिका यात्रामा प्रतिबन्ध लगाएका छन ।

बिहिबार सम्बोधनमा शुक्रबारबाट ३० दिनसम्मका लागि लागू हुने भएपनि
उक्त ‘कडा तथा अत्यावश्यक’ प्रतिबन्ध बेलायतका लागि भने लागू नहुने ट्रम्पले बताएका छ । बेलायतमा ४ सय ६० जनाको संक्रमण देखिएको छ ।

अमेरिकामा कोरोना भाइरसको संक्रमण १ हजार १ सय ३५ मा पुष्टि भइसकेको छ । अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ ।

‘नयाँ संक्रमण हाम्रोमा प्रवेश हुन रोक्नका लागि हामीले युरोपबाट हुने सबै यात्रालाई अबको ३० दिनसम्म रद्द गर्नेछौं,’ ट्रम्पले भने ।


प्रतिक्रिया दिनुहोस्