डब्लुएचओले किन गर्यो विश्वव्यापी महामारीको घोषणा « Arthapath.com
२९ फाल्गुन २०७६, बिहीबार

डब्लुएचओले किन गर्यो विश्वव्यापी महामारीको घोषणा



काठमाडौं । कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओले विश्वव्यापी महामारीको घोषणा गरेको छ । डब्लुएचओले भाइरसबाट बच्न सचेत समेत गराएको छ ।

नियमित पत्रकार सम्मेलनमा डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रायसेजले भाइरसको रोकथाम र न्यूनिकरण गर्न सबै देशलाई आग्रह समेत गरे । उनले यसबाट बच्न महामारीको घोषणा गरेको र सचेत हुन विश्व समुदायलाई आग्रह गरे । उनले नियन्त्रणको लागि आक्रामक निर्णय लिनसमेत आग्रह गरेका छन ।

डब्लुएचओले नियन्त्रण प्रयाससँगै आपतकालीन अवस्थाको लागि अस्पताल तयारी अवस्थामा राख्नसमेत आग्रह गरेको छ । अहिलेसम्म कोरोनाको संक्रमण विश्वका १ सय २० धेरै देशहरुमा फैलिइसकेको छ ।

त्यस्तै ४ हजार ६ सय १६ जनाको यो भाइरसका कारण नै ज्यान गइसकेको छ । तिमध्ये ३ हजार १ सय ५८ चीनका र १ हजार ४ सय ५८ अन्य मुलुकका छन । भाईरसवाट हालसम्म १ लाख २६ हजार १ सय २१ संक्रमित भएका छन ।


प्रतिक्रिया दिनुहोस्