कोरोना त्रासः फिलिपिन्सको सेयर बजार बन्द « Arthapath.com
४ चैत्र २०७६, मंगलवार

कोरोना त्रासः फिलिपिन्सको सेयर बजार बन्द



काठमाडौं । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसका कारण फिलिपिन्सको सेयर कारोबार बन्द भएको छ । मंगलबारदेखी लागु हुने गरि शेयर बजार कारोवार बन्द गरेको हो । फिलिपिन्स स्टक एक्सचेन्जले सोमबार एक सूचना निकाल्दै अनिश्चतकालका लागि शेयर बजार कारोवार बन्द गरेको जानकारी गरेको हो ।

यसको साथै फिलिपिन्स सरकारले अन्य महत्वपूर्ण सार्वजनिक स्थल तथा सामूहिक जमघटका कार्यक्रम नगर्न निर्देशन दिएको छ । सोही अनुसार सुरक्षाको उच्च सतर्कता अपनाउँदै सेयर बजार बन्दको घोषणा गरिएको फिलिपिन्स स्टक एक्सचेन्जले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्