अमेरिकाका ५० राज्यमा नै कोरोना फैलियो, १ सय १५ को मृत्यु « Arthapath.com
५ चैत्र २०७६, बुधबार

अमेरिकाका ५० राज्यमा नै कोरोना फैलियो, १ सय १५ को मृत्यु



काठमाडौं । कोरोना भाइरस कोभिड–१९ अमेरिकाभरि फैलिएको छ । अमेरिकारका ५० वटा राज्यमा नै कोरोना भाईरस फैलिएको हो । मंगलबार अमेरिकाको वेस्ट भर्जिनियामा यो भाइरसको बिरामि फेला परेसँगै यो भाइरस अमेरिकाको ५० वटै राज्यमा फैलिएको हो ।

अहिलेसम्म यो भाइरसको कारण अमेरिकामा मृत्यु हुनेको संख्या १ सय १५ पुगिसकेको छ । साथै संक्रमितको संख्या पनि ६ हजार ५ सय नाघिसकेको छ । विश्वभर यो भाइरसबाट करिब २ लाख मानिस संक्रमित भइसकेका छन् भने करिब ८ हजार मानिसको ज्यान गइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्