अलिबबा ग्रुपले कोरोना नियन्त्रणमा सहयोग गर्ने « Arthapath.com
८ चैत्र २०७६, शनिबार

अलिबबा ग्रुपले कोरोना नियन्त्रणमा सहयोग गर्ने



काठमाडौं । कोरोनाको विश्वभर महामारी फैलिरहेको बेला अलिबबा ग्रुपका सञ्चालक ज्याक माले एसियामा आवश्यक सामग्री सहयोग गर्ने बताएका छन् ।

उनले ट्विटरमार्फत १८ लाख मास्क, दुई लाख १० हजार थान कोरोना टेस्ट किट, ३६ हजार थान कोरोना प्रतिरोधी सुटसहित भन्टिलेटर र थर्मोमिटर सहयोग गर्ने बताएका छन् ।

ज्याक माले अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस्, माल्दिभ्स, मंगोलिया, म्यानमार, नेपाल, पाकिस्तान, श्रीलंकामा सहयोग गर्ने जानकारी गराएका हुन् ।


प्रतिक्रिया दिनुहोस्