बेलायतकी महारानी एलिजाबेथलाई पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि « Arthapath.com
१७ चैत्र २०७६, सोमबार

बेलायतकी महारानी एलिजाबेथलाई पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि



काठमाडौ । बेलायतकी महारानी एलिजाबेथलाई पनि कोरोना भाइरसको संक्रमण भएको बेलायती अखबार द इन्डिपेन्डेन्टले पुष्टि गरेको छ। ९३ वर्षीया एलिजाबेथमा कोरोनाको प्रारम्भिक लक्षण देखिएको तर उनको स्वास्थ्य अवस्था भने सामान्य र स्थिर रहेको बेलायती अखबार द इन्डिपेन्डेन्टका अनुसार बकिंघम प्यालेसले यसको पुष्टि गरेको हो । अहिले उनी विन्डसर क्यासलमा सेल्फ आइसोलेसनमा छिन्। यसअघि बेलायतका राजकुमार, प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीलाई पनि कोरोना संक्रमण भएको समाचार सार्वजनिक भएको थियो।

कोरोना भाइरसबाट संक्रमित हुने बेलायती प्रधानमन्त्री बोरिस जोन्सन संसारकै पहिलो सरकार प्रमुख हुन्। प्रधानमन्त्री जोन्सनले ट्वीटरमार्फत् आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। उनले अहिले आफूले सामान्य लक्षणमात्र देखिएको बताएका छन्। ‘म केही दिन डाउनिङ स्ट्रिटमा सेल्फ क्वारेन्टिनमा बस्नेछु र भिडिओ कन्फरेन्सबाट यो भाइरसविरूद्धको लडाइँमा सहभागी हुनेछ,’ जोन्सनले भनेका छन्। बेलायतमा अहिलेसम्म ११ हजार ६ सय ५८ जनामा कोरोना भाइरस देखिएको छ भने ५ सय ७८ जनाले ज्यान गुमाएका छन्।


प्रतिक्रिया दिनुहोस्