कोरोनाले गरिबी बढ्ने विश्व बैंकको चेतावनी « Arthapath.com
१८ चैत्र २०७६, मंगलवार

कोरोनाले गरिबी बढ्ने विश्व बैंकको चेतावनी



काठमाडौं । डब्लु एचओले कोरोना भाईरसलाई महामारीको रुपमा जारी गरेपछि विश्व नै एक किसिमले भुकम्प जस्तै हल्लियो । कोरोनाले शक्ति राष्ट्र र कमजोर राष्ट्र पनि भनेको छैन । कोभिड १९ले विश्वको अर्थतन्त्रमा ठूलो प्रभाव पारेको छ । यसले गर्दा ठूला व्यवसायी देखी सामान्य ब्यक्तिको जनजीवन नराम्री प्रभाव पारेको छ ।

विश्वको अर्थ तन्त्र तहसनहस गर्ने कोरोना भाईरसले गरीबी बढ्ने अनुमान गरिएको छ । जसमा पूर्वी एशियाका विभिन्न मुलुकमा गरिबी बढ्न सक्नजे विश्व बैंकले अनुमान गरेको छ । विश्व बैंकले कोरोना भाइरसका कारण पूर्वी एसियाका १.१ करोड मानिस गरिबीको चपेटामा पर्ने बताएको छ ।

विश्व बैंकका प्रमुख अर्थशास्त्री आदित्या मट्टुका अनुसार शक्तिशाली राष्ट्र चिनको अर्थतन्त्रमा पनि प्रभाव परेकाले एशियामा गरिबी झन बढ्न सक्ने छ ।

केही महिना अघि नै विश्व बैकले चीनको अर्थ व्यवस्थाको वृद्धिदर ५.९ प्रतिशत पुग्ने अनुमान सार्वजनिक गरेको थियो । विश्व बैकले चीनसँगै भारत, पाकिस्तान, नेपालजस्ता देशमा पनि ठूलो असर पर्ने बताएको छ ।


प्रतिक्रिया दिनुहोस्