विश्व बैंकको नेपाललाई ६ अर्ब ऋण « Arthapath.com
१८ चैत्र २०७६, मंगलवार

विश्व बैंकको नेपाललाई ६ अर्ब ऋण



काठमाडौं । विश्व बैंकले प्राकृतिक प्रकोप तथा स्वास्थ्यसम्बन्धी विपद् न्यूनीकरण गर्न नेपाललाई ६ अर्ब रुपैयाँ (५० मिलियन अमेरिकी डलर) बराबरको ऋण सहयोग गरेको छ । रोगबाट पर्ने जोखिम व्यवस्थापन गर्न सरकारले आफ्नो क्षमता विकासमा समेत यो रकम खर्च गर्न सक्नेछ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि यो रकम प्रयोग गर्न सकिने अर्थ मन्त्रालयले जानकारी दिएको छ । यसअघि कोरोना महामारीसँग जुध्न विश्व बैंकले २९ मिलियन अमेरिकी डलर (३ अर्ब ४३ करोड रुपैयाँ) ऋण सहायता घोषणा गरिसकेको छ । योसँगै कोरोना महामारीका लागि विश्व बैंकको सहयोग ९ अर्ब ४३ करोड पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्