विश्व बजारमा तेलको भाउ १८ वर्षयताकै सस्तो « Arthapath.com
१८ चैत्र २०७६, मंगलवार

विश्व बजारमा तेलको भाउ १८ वर्षयताकै सस्तो



काठमाडौं । कोरोना भाइरस संक्रमणपछि विश्व बजारमा पेट्रोलियम पदार्थ (तेल)को मूल्यमा भारी गिरावट आएको छ । बीबीसीका अनुसार तेलको भाउ १८ वर्षयताकै न्यून मूल्यमा झरेको हो ।

विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल २२.५८ डलरमा झरेको छ । बीबीसीका अनुसार अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ सन् २००२ को अवस्थामा पुगेको छ ।

भाइरस संक्रमणका कारण संसारभर यातायातका साधन ठप्प छ । हवाई उडान पनि स्थगित भएका छन् । उद्योधन्दा ठप्प छन् । खाना पकाउने एलपी ग्यासबाहेक अन्य पेट्रोलियम पदार्थ प्रयोग भएको छैन । यसले गर्दा पनि बजारमा माग अत्याधिक कमी आएको हो ।

यसले विशेषगरी तेल उत्पादक मुलुकहरुको अर्थतन्त्रमा गम्भीर धक्का दिने विश्लेषणहरु पनि भइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्