गैरआवासीय नेपाली संघको राहत कोषमा १ करोड ८८ लाख जम्मा « Arthapath.com
१८ चैत्र २०७६, मंगलवार

गैरआवासीय नेपाली संघको राहत कोषमा १ करोड ८८ लाख जम्मा



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आपतकालिन राहत कोषमा १ करोड ८८ लाख जम्मा भएको छ ।

संघका कोषाध्यक्ष महेश कुमार श्रेष्ठले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन परिस्थितिले देश भित्र र परदेशमा समस्यामा परेका नेपालीहको सहयोगार्थ सो रकम जम्मा भएको जानकारी दिनुभयो ।

श्रेष्ठले थप सहयोगका लागि विश्वभर छरिएका नेपाली समुदायलाई आग्रह गरेको बताउनुभयो । कोरोना भाइरसका कारणले विदेशमा बस्ने नेपाली मध्ये बेलायतमा २ जनाको मृत्यु भैसकेको छ भने थुप्रैको संख्यामा संक्रमित भएको आशका गरिएको गेर आवासीय नेपाली संघले जनाएको छ । संघले विश्वभर छरिएका गैरआवासीय नेपालीहरुको सहयोगको लागि २४ घण्टे स्वस्थ्य हेल्प लाइन समेत शुरु गरेको र ८१ देशमा रहेका शाखाहरु महामारी बिरुद्ध सकृय रहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्