आईपिएल स्थगित भए भारतलाई कति घाटा ? « Arthapath.com
१८ चैत्र २०७६, मंगलवार

आईपिएल स्थगित भए भारतलाई कति घाटा ?



काठमाडौं । कोरोना भाईरसका कारण चर्चित क्रिकेट प्रतियोगीता आईपिएल स्थगित भए फ्रेन्चाइजको ७ हजार ५ सय करोड भारतीय रुपैयाँ कटौती हुने भएको छ । जसले गर्दा बीसीसीआईले ठूलो घाटा ब्यहोर्नु पर्ने छ । अमेरिकी बैंक डिभिजन बोफा सेक्युरिटीको एक रिपोर्टअनुसार बीसीसीआईलाई लगभग ४ हजार करोड घाटा हुन सक्ने दावी गरेको छ ।

भारत सरकारले १५ अप्रिलसम्म कुनै पनि विदेशीलाई आगमनमा प्रतिवन्त्र लगाएको छ । तर भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भने यस संकरणको प्रतियोगिता नहुने कुनै आधिकारिक घोषणा गरेको छैन । २९ मार्चबाट सुरु हुने भनिएको प्रतियोगिता १५ अप्रिलसम्मका लागि स्थगित गरिएको छ ।

रिपोर्टका अनुसार बीसीसीआई आईपीएल स्थगितको घोषणाभन्दा पहिले भिसा सम्बन्धमा भारत सरकार र खेल मन्त्रालयको घोषणाको पर्खाइमा रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्