चीनमा अर्थतन्त्रलाई पुनर्जीवित गर्न बैंकहरूको ब्याज दरमा ५ वर्षकै ठूलो कटौती « Arthapath.com
१९ चैत्र २०७६, बुधबार

चीनमा अर्थतन्त्रलाई पुनर्जीवित गर्न बैंकहरूको ब्याज दरमा ५ वर्षकै ठूलो कटौती



काठमाडौं । कोरोना भाइरस महामारीको कारण विश्वव्यापी रूपमा ठूलो संख्यामा मानिसहरूको मृत्यु भएको छ भने अर्थव्यवस्थामा नराम्रो असर परेको छ । यसको प्रत्यक्ष असर चिनलाई बढि परेको छ । पीपुल्स बैंक अफ चाइना अहिले ५० अर्ब युआन रिभर्स पुनर्खरीद गर्ने अभियानमा जुटेको छ ।

उसले सात दिने रिभर्स पुनर्खरीद रेट २.४० प्रतिशतबाट घटाएर २.२० प्रतिशत बनाएको छ । कोरोना भाईरसका कारण चिनको बैंकले बैंकहरूको ब्याज दरमा ५ वर्षकै सबैभन्दा ठूलो कटौती गरेको छ भने वित्तीय प्रणाली मा ५० अर्ब युआन (सात अरब डलर) राखेको छ ।

क्यापिटल इकोनमिक्सका चीन मामिलाका वरिष्ठ अर्थशास्त्री जूलियन इभान्स प्रिचार्डका अनुसार २०१५ पछि यो सबैभन्दा ठूलो कटौती हो र सात दिने रिभर्स रेपो दर रेकर्ड कम छ ।


प्रतिक्रिया दिनुहोस्