कोरोनाबाट ज्यान गुमाएकाहरुको सम्झनामा चीनमा ३ मिनेट उभिएर मौनधारण « Arthapath.com
२२ चैत्र २०७६, शनिबार

कोरोनाबाट ज्यान गुमाएकाहरुको सम्झनामा चीनमा ३ मिनेट उभिएर मौनधारण



काठमाडौं । कोरोनाभाइरस महामारी फैलिन थालेको देश चीनमा करोडौँ मानिसहरूले कोभिड–१९ का कारण ज्यान गुमाउने व्यक्तिको सम्झनामा तीन मिनेट मौनधारण गरेका छन् ।

कोरोनाभाइरसका कारण ज्यान गुमाउनेहरूको सम्झनामा चीनमा देशैभरिका मानिसहरूले रोकिएर आफ्नो शिर झुकाएका छन् । त्यतिबेला साइरन तथा हर्न पनि बजाइएको थियो ।

चीनमा गत डिसेम्बर महिनामा कोरोनाभाइरसको सङ्क्रमण सुरु भएयता कोभिड–१९ का कारण अहिलेसम्म ३,३०० जनाभन्दा बढी मानिसको ज्यान गइसकेको छ । देशव्यापी मौनधारण कोरोनाभाइरसविरुद्ध सङ्घर्षका क्रममा ज्यान गुमाएका १४ जना स्वास्थ्यकर्मीलाई सम्मान गर्ने अवसर पनि भएको चीनले बताएको छ ।

यसैबीच दिवङ्गत मानिसको सम्झना गरिने चिन्मिङ पर्वका अवसरमा धेरै मानिसहरूले मृत्यु भएका आफ्ना आफन्तजनलाई डिजिटल प्रविधिको प्रयोग गर्दै सम्मान अर्पण गरेका विवरण प्राप्त भएका छन् ।बीबीसी


प्रतिक्रिया दिनुहोस्