कोरोनाः मृतक ८८ हजार, संक्रमित करिब १५ लाख पुगे « Arthapath.com
२७ चैत्र २०७६, बिहीबार

कोरोनाः मृतक ८८ हजार, संक्रमित करिब १५ लाख पुगे



काठमाडौं । कोरोनाभाइरसको संक्रमण विश्वका करिब १५ लाख व्यक्तिमा सरेको छ । संक्रमितको संख्यामा एक चौथाई संक्रमीत अमेरिकामा रहेका छन ।

अमेरिकाको म्यारील्याण्डस्थित जोन हप्कीन्स विश्वविद्यालयका अनुसार बिहिबार बिहानसम्म १४ लाख ८४ हजार ८११ जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ । अमेरिकामा मात्रै संक्रमित चार लाख ३२ हजार १३२ दत्र्ता गरिएको छ । अमेरिकामा पछिल्लो चौबिस घण्टामा कोरोनाभाइरस संक्रमित करिब दुई हजार बिरामीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ । अमेरिकामा मात्रै १४ हजार ७९५ मृत्यु दत्र्ता गरिएको छ । विश्वभरि कोरोना संक्रमित मृतकको संख्या ८८ हजार ५३८ पुगेको छ ।

स्पेनमा एक लाख ४८ हजार २२० तथा इटालीमा एक लाख ३९ हजार ४२२ जनामा संक्रमणको पुष्टि भएको छ । यूरोपेली अर्को राष्ट्र जर्मनीमा एक लाख १३ हजार २९६ जना कोरोनाभाइरस संक्रमित छन् ।

फ्रान्समा ८३ हजार ८० जनामा संक्रमणको पुष्टि भएको विश्वविद्यालयले जनाएको छ । इरानमा ६४ हजार ५८६ जना संक्रमित छन् । बेलायतमा ६१ हजार ४७४ जना संक्रमितको पुष्टि भएको छ ।

कोरोनोभाइरसको संक्रमणबाट मृत्यु हुनेमा सबैभन्दा बढी इटाली छन् । इटालीमा १७ हजार ६६९ जनाको मृत्यु भएको छ । इटालीमा यसै सातादेखि मृत्युदर भने स्थिर देखिएको छ । स्पेनमा १४ हजार ७९२ जना संक्रमितको मृत्यु भएको छ । फ्रान्समा दशहजार ८६९ जना संक्रमितले ज्यान गुमाएका छन् । अमेरिकाको न्युर्योक शहरमा मात्रै मृतक चार हजार पाँचसय ७१ जना पुगेको छ ।

विश्वभरि कोरोनाभाइरसका करिब तीन लाख २९ हजार ८७६ जना संक्रमित भने निको भएर घर फर्किसकेका छन् । निको हुने सबैभन्दा बढी चीनका छन् । चीनमा ७७ हजार ६३९ जना संक्रमित निको भएका छन् । स्पेनमा ४८ हजार २१ र जर्मनीमा ४६ हजार ३०० जना संक्रमित उपचारपछि निको भएर घर फर्केको विश्वविद्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्