बहराइनमा कोरोना संक्रमित नेपाली २२ जना पुगे « Arthapath.com
२७ चैत्र २०७६, बिहीबार

बहराइनमा कोरोना संक्रमित नेपाली २२ जना पुगे



काठमाडौं । बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २२ पुगेको छ । बहराइन स्थित नेपाली दूतावासका अनुसार संक्रमित नेपालीको संख्या २२ पुगेको हो ।

बहराइन अधिराज्यमा ८ अप्रिल दिउँसो २.०० बजे सम्ममा ५२ हजार ३५१ जनामा कोरोना संक्रमण भए÷नभएको परिक्षण गरिएको छ । संक्रमित व्यक्तिहरुको संख्या ३४९ जना रहेकोमा ती जना गम्भीर अवस्थामा रहेको बताएको छ । संक्रमणबाट निको भइ डिस्चार्ज हुनेको संख्या ४६७ पुगेको छ । मृतकको संख्या पाँच पुगेको दूतावासले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्