एकदिनमै एक लाख नयाँ संक्रमित, ९५ हजार ७३५जनाको मृत्यु « Arthapath.com
२८ चैत्र २०७६, शुक्रबार

एकदिनमै एक लाख नयाँ संक्रमित, ९५ हजार ७३५जनाको मृत्यु



काठमाडौं । कोभिड–१९ बाट एकैदिन विश्वका करिब एक लाख व्यक्ति संक्रमित भएका छन् । बिहिबार १४ लाख ८४ हजार संक्रमित रहेकोमा शुक्रबार बिहानसम्म संक्रमितको संख्या १६ लाख नाघेको छ ।

अमेरिकाको म्यारील्याण्डस्थित जोन हप्कीन्स विश्वविद्यालयका अनुसार शुक्रबार बिहानसम्म विश्वभरि १६ लाख ४ हजार ७१८ जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ ।

विश्वविद्यालयले विश्वब्यापी संक्रमितको तथ्याङ्क अद्यावधिक गर्दै आएको छ । अमेरिकामा मात्रै ३३ हजार नयाँ संक्रमित थपिएका छन् । बिहिबारसम्म चार लाख ३२ हजार संक्रमित रहेको अमेरिकामा शुक्रबार बिहानसम्म चार लाख ६५ हजार ३२९ जनामा संक्रमण फैलिएको विश्वविद्यालयले जनाएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा एकहजार ७१८ जना संक्रमितको मृत्यु भएको छ । अमेरिकामा मृतकको संख्या १६ हजार ५१३ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्