बन्दाबन्दीले भारतमा प्रदूषण घट्यो, ३० वर्षपछि पञ्जाबबाट हिमाल देखियो « Arthapath.com
२८ चैत्र २०७६, शुक्रबार

बन्दाबन्दीले भारतमा प्रदूषण घट्यो, ३० वर्षपछि पञ्जाबबाट हिमाल देखियो



काठमाडौं । कोरोनाका कारण विश्वको ठूलो जनसंख्या बन्दाबन्दी ९लक डाउन० मा छ । बन्दाबन्दीले एकातिर मानिसको जीवन कठिन भए पनि अर्का तिर वातावरणीय दृष्टिले धेरै सुखद समाचारहरू आइरहेका छन् ।

भातरको पञ्जाव राज्यका बासिन्दाले करीब ३० वर्षपछि सयौं मालइल टाढाका हिमशृङ्खलालाई घरको छत वा कौसीबाट अवलोकन गर्न पाएका छन् ।

भारतको जालन्धरका बासिन्दाले आफ्नो घरबाट हिमाञ्चल प्रदेशस्थित हिमशृङखला देखेको दृष्य तस्बिर मार्फत समाजिक सञ्जानमा सार्वजनिक गरेका छन् ।

यसो हुुुनमा बन्दाबन्दीका कारण सवारी साधन तथा कलकारखाना बन्द भए पछि वायु प्रदूषणमा आएको नाटकीय परिवर्तने हो । यसै क्रममा भारतको राजधानी नयाँ दिल्लीको वायु प्रदूषणमा ४४ प्रतिशत कमी आएको भारतीय केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले जनाएको छ । भारतको ८८ वटा शहरमा बन्दाबन्दी शुरु भएको पहिलो हप्तामा नै प्रदूषणको मात्रामा कमी आएको सीएनएनको समाचारमा जनाइएको छ । सीएनएन


प्रतिक्रिया दिनुहोस्