भारतमा कोरोना संक्रमित ४९ हजार बढि, मृत्युको संख्या १ हजार ६९४ « Arthapath.com
२४ बैशाख २०७७, बुधबार

भारतमा कोरोना संक्रमित ४९ हजार बढि, मृत्युको संख्या १ हजार ६९४



काठमाडौं । विश्वभरि फैलिरहेको कोरोना भाईरसले भारतमा महामारीको रुप लिने संकेत गरेको छ । बुधवारसम्म भारतमा कोरोना संक्रमितको संख्या करिव ५० हजार नजिक पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ४९ हजार ३ सय ९१ पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा भारतमा २ हजार ९ सय ५८ नयाँ संक्रमित थपिएका छन् । हालसम्म भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ९४ पुगेको छ ।

यस्तो छ भारतभरिको अवस्था

महाराष्ट्रः १५ हजार ५ सय २५ जना संक्रमित र मृत्यु हुनेको संख्या ६ सय १७ जना

गुजरातः ६ हजार २ सयभन्दा बढी संक्रमित र मृत्यु ३ सय ६८ जना

मध्य प्रदेशः ३ हजार ४९ जना संक्रमित र मृत्यु १ सय ७६ जना

पश्चिम बंगालः १ हजार ३ सय ४४ जना संक्रमित र मृत्यु १ सय ४० जना

उत्तर प्रदेशः २ हजार ८ सय ८० जना संक्रमित र मृत्यु ५६ जना

बिहारः ५३६ जना संक्रमित र मृत्यु ४ जना


प्रतिक्रिया दिनुहोस्