चिनमा कुखुराको मासुमा पनि देखियो कोरोना भाइरस « Arthapath.com
२९ श्रावण २०७७, बिहीबार

चिनमा कुखुराको मासुमा पनि देखियो कोरोना भाइरस



काठमाडौं । महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कुखुराको मासुमा पनि देखिएको छ ।
ब्राजिलबाट चीनमा निर्यात गरिएको कुखुराको मासुमा कोरोना भाइरस भेटिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उहु सिटीस्थित सेन्जेन शहरको स्थानीय रेष्टुरेन्टमा कुखुराको मासुमा कोरोना भाइरस भेटेको स्थानिय प्रशासनले विज्ञप्तिमार्फत् जनाएको चिनियाँ राष्ट्रिय टेलिभिजन सीसीटीभीले जनाएको छ । कुखुराको मासुमा कोरोना भाईरस देखिएसंगै मासु खान पनि डर मानिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्