कोरोनाको खतरा कम भएको भन्दै बेइजिङमा अन्तर्राष्ट्रिय विमान आउन थाले

काठमाडौं । कोरोना भाइरसको महामारी शुरुवात भएको देश चीनको राजधानी बेइजिङमा बिहीबारदेखि अन्तर्राष्ट्रिय विमानहरु आउन थालेका छन् ।
बेइजिङमा रहेको मुख्य विमानस्थलमा बिहीबारदेखि सीमित संख्यामा अन्तर्राष्ट्रिय विमानहरु आउन थालेको अधिकारीहरुले जानकारी दिएका छन् ।
कोरोना भाइरसको महामारी फैलिन थालेपछि गत मार्चदेखि बन्द भएको विमानस्थलमा फेरि अन्तरदेशीय विमान सेवा सुरु भएको हो ।