महामारीमा अन्य कम्पनीले जागिरबाट हटाउँदै, अमेजनले दिँदै « Arthapath.com
१९ भाद्र २०७७, शुक्रबार

महामारीमा अन्य कम्पनीले जागिरबाट हटाउँदै, अमेजनले दिँदै



काठमाडौं । कोरोना भाईरसका कारण विश्व नै ठप्प रहेका बेलमा विश्वका ठूला कम्पननीहरुले कर्मचारी कटौती गरिरहेको छ तर ई कमर्श कम्पनी अमेजनले भने जागीरमा जोगाई राख्ने बताएको छ । ई–कमर्श कम्पनी अमेजनले अनलाईनको मागमा आएको तीव्र मागका कारण कम्पनीले लण्डनमा यो वर्षको अन्त्यसम्ममा स्थायी रुपमा ७ हजारलाई रोजगारीमा राख्ने जनाएको छ । यो नोकरी अमेजनको वेयरहाउस, छटाई केन्द्र र वितरण स्टेशन आदिमा राख्ने कम्पनीले जनाएको छ ।

यो वर्ष ३ हजार नयाँ कर्मचारीलाइ पहिले नै राखिसकिएको छ र अतिरिक्त कर्मचारी २०२० को अन्त्यसम्ममा राखिने कम्पनीले जनाएको छ । यसपछि स्थायी ब्रिटिस कर्मचारिको संख्या ४० हजार भन्दा बढी हुने छ ।


प्रतिक्रिया दिनुहोस्