अर्काे चमत्कार:चीनले तयार गर्यो तेस्रो विमानवाहक जहाज « Arthapath.com
२८ भाद्र २०७७, आईतवार

अर्काे चमत्कार:चीनले तयार गर्यो तेस्रो विमानवाहक जहाज



काठमाडौं । चीनको निर्माणाधीन तेस्रो विमानवाहक जहाज यो वर्षको अन्त्य वा अर्को वर्षको सुरुमा तयार हुने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । जहाज निर्माणको धेरै काम सकिइसकेको जनाइएको छ ।

दुई वर्षअघि चीनले तेस्रो विमानवाहक जहाज बनाउँदै गरेको खुलासा गरेको थियो। यो जहाज चीनसँग हाल रहेका दुई जहाजभन्दा ठूलो हुने बताइएको छ ।

चीनसँग हाल लियाओनिङ र स्यान्दोङ नामक दुई विमानवाहक जहाज छन् । लियाओनिङ युक्रेनबाट किनेर अपग्रेड गरिएको थियो भने स्यान्दोङ चीन आफैँले बनाएको थियो ।

यी दुवै जहाजका तौल ६० हजार टन थियो भने तेस्रो जहाजको तौल ८० हजार टन हुने बताइएको छ । त्यस्तै यो जहाज ३ सय २० मिटर लामो हुने जनाइएको छ। एजेन्सी


प्रतिक्रिया दिनुहोस्