कोरोना भाइरसले संसारभर ८० करोड मानिसलाई चरम भोकमरीमा धकेल्ने राष्ट्रसंघको चेतावनी « Arthapath.com
२९ असार २०७८, मंगलवार

कोरोना भाइरसले संसारभर ८० करोड मानिसलाई चरम भोकमरीमा धकेल्ने राष्ट्रसंघको चेतावनी



काठमाडौं । नेपालमा आयातित खाद्यान्नको निर्भरता चुलिँदै जाँदा विश्वभर चरम भोकमरी बढ्न थालेको चेतावनी संयुक्त राष्ट्र संघले दिएको छ । पछिल्लो समय कोरोना भाइरस महामारीका कारण विश्वभरी भोकमरीको स्तर नाटकीय रुपमा बढिरहेको भन्दै राष्ट्र संघले चेतावनी दिएको हो ।

हामलैमात्र राष्ट्र संघका विभिन्न पाँच वटा निकायले तयार पारेको एक प्रतिवेदनमा यस्तो चेतावनी दिइएको छ । उक्त प्रतिवेदनमा विश्वको जनसंख्याको १० मध्ये १ जना भोकमरीबाट पीडित भइरहेको उल्लेख छ । जुन संख्या ८० करोड हुन आउने बीबीसीले बताएको छ ।

विश्वब्यापी महामारीले संसारभर नै रोगजारी कटौति, उत्पादनमा ह्रास ल्याउनजस्ता घटना भएका छन् । यसले मानिसहरुलाई ठूलो आर्थिक समस्या निम्त्याइदिएको छ । आम्दानीमा भएको कमी र महँगिदो जिविकाका कारण बढ्दै गएको आर्थिक समस्याले खाद्यान्नमा मानिसहरुको पहूँचलाई नै जोखिममा पारिदिएको प्रतिवेदनले औंल्याएको छ ।

त्यसो त पछिल्लो समय धनी मुलुकहरुले आफ्ना जनतालाई भारी मात्रामा पैसा बाँढेर उपभोग बढाउने सुविधा दिएका छन् । यसको असर संसारभर खालन्नको मूल्य आकाशिन थालेको छ । मूलतः अमेरिका र केही युरोपेली मुलुकमा बढेको उपभोग खर्चको असर हामीले पनि भोग्नु परिरहेको छ ।

पछिल्लो समय खाने तेलको भाउमा आएको उच्च बृद्धिका पछाडी अमेरिकाले आफ्ना जनतालाई बाँडेको राहत एक मुख्य कारण हो । यस्ता घटनाले एकातिर खाद्यान्नको मूल्य बढ्ने र अर्कातिर करोडौं मान्छेहरुसँग खाद्यान्न किन्नसक्ने पैसा नै नहुने अवस्था सिर्जना भएको छ ।

राष्ट्र संघीय प्रतिवेदनले ‘स्वस्थकर खाना महँगो हुनसक्ने, र संसारका करीब ३ अर्ब मान्छेले त्यस्तो खाना प्राप्त गर्ने आर्थिक हैसियत नै नहुनसक्ने’ भनेको छ ।

त्यो ३ अर्बमध्ये ठूलो नेपालमा पनि जनसंख्याको अनुपातमा ठूलो संख्यामा मानिसहरु भोकमरीको शिकार हुनसक्ने आँकलन गरिएको छ । यद्यपि, सरकारले हालसम्म सम्भावित भोकमरीको समस्या हल गर्न कुनै कदम चालेको छैन ।


प्रतिक्रिया दिनुहोस्