११ महिनामा भारत र चीनबीच १०० अर्ब अमेरिकी डलरको व्यापार « Arthapath.com
११ पुष २०७८, आईतवार

११ महिनामा भारत र चीनबीच १०० अर्ब अमेरिकी डलरको व्यापार



काठमाडौं । भात र चीनबीच ११ महिनामा द्धिपक्षीय व्यापार १ सय अर्ब रुपैयाँ अमेरिकी डलर (१ सय २० खर्ब रुपैयाँ( भन्दा बढी भएको छ । भारत र चीन बीच सीमामा उतारचढाव आउँछ । तर पनि दुवै देशबीच यति धेरै रकम बराबरको व्यापार भएको हो ।

भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार २ देशबीच सन् २००१ मा १.८३ अर्ब डलर कारोबारबाट सुरु भएको थियो । यो बर्षको ११ महिनाको अवधिमा १०० अर्ब डलरको व्यापार भएको हो ।

चीनको जनरल एडमिनिस्ट्रेशन अफ कस्टम्सको अघिल्लो महिनाको तथ्याङ्कका अनुसार भारत र चीनबीचको द्विपक्षीय व्यापार ११४.२६३ अर्ब डलर पुगेको छ । जनवरीदेखि नोभेम्बर २०२१ को अवधिमा उक्त व्यापार ४६.४ प्रतिशतले बढेको दाबी गरिएको छ ।

जसमा भारतबाट चीनतर्फ निर्यात २६ अर्ब डलरभन्दा बढी रहेको छ जुन प्रत्येक वर्ष ३८.५ प्रतिशतले बढिरहेको छ । भारतले चाहिँ चीनबाट ८७.९ अर्ब डलर बराबरको आयात गरेको छ र त्यो ४९ प्रतिशतसम्मले बढिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्