थाई स्माइल एयरवेजको जनरल सेल्स एजेन्टमा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेज नियुक्त « Arthapath.com
२६ पुष २०७८, सोमबार

थाई स्माइल एयरवेजको जनरल सेल्स एजेन्टमा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेज नियुक्त



काठमाडौँ । थाइल्यान्डको क्षत्रीय पूर्ण वायुसेवा प्रदायक कम्पनी थाइ स्माइल एयरवेजले सोसाइटी इन्टरन्यासनल ट्राभल सर्भिसेजलाई नेपालको लागि आफ्नो जनरल सेल्स एजेन्टको रुपमा नियुक्त गरेको छ । यो नियुक्ती २०२१ डिसेम्बर १ देखि लागु भइसकेको छ ।

बैङ्कक स्थित थाई एयरवेजको पूर्ण स्वामित्व रहेको क्षत्रीय थाई स्माइल एयरवेजले नेपालको उत्कृष्ट ट्राभल एजेन्सी सोसाइटी इन्टरन्यासनल ट्राभल सर्भिसेजलाई नेपालको लागि आफ्नो जनरल सेल्स एजेन्टमा नियुक्त गरेको छ । यस सम्झौता अनुसार सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजले थाई स्माइल एयरवेजका लागि सेल्स, मार्केटिङ र एयरपोर्ट सञ्चालन सेवाका साथै पूर्ण ग्राहक र एजेन्सी सहयोग सेवाहरू उपलब्ध गराउने छ ।

यसै सम्झौतामार्फत थाई स्माइल एयरवेजले नेपाली ग्राहकहरुलाई उत्कृष्ट सेवा र सुविधा प्रदान गर्दै नेपाली बजारमा रहेको अवसरलाई सदुपयोग गर्ने मात्र नभई सन् १९६८ देखि थाइ एयरवेज इन्टरनेशनलले वायुसेवा प्रदान गर्दै आएको यस रुटमा फेरी वायुसेवा प्रदान गर्दै नेपाल र थाइल्याण्ड बीचको दुरी पनि मेटाउने लक्ष्य राखेको कम्पनिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्