अमेरिकी सेनाको जहाज काठमाडौंमा « Arthapath.com
४ चैत्र २०७८, शुक्रबार

अमेरिकी सेनाको जहाज काठमाडौंमा



काठमाडौं । अमेरिकी सेनाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । अमेरिकी कूटनीतिज्ञलाई लिएर शुक्रबार बिहान एयर फोर्स काठमाडौं आएको जनाइएको छ ।

‘अमेरिकी कूटनीतिज्ञलाई लिएर युएस एयर फोर्स (अमेरिकी सेना) को जहाज काठमाडौं आएको हो,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयका सूचना अधिकृत खेमराज उपाध्यायले जानकारी दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अमेरिकन जहाज बंगलादेशको राजधानी ढाकाबाट दूतावासका कागजात लिएर काठमाडौं आएको हो ।


प्रतिक्रिया दिनुहोस्