चीन विमान १३२ जना सवार विमान पहाडी भेगमा दुर्घटनाग्रस्त « Arthapath.com
७ चैत्र २०७८, सोमबार

चीन विमान १३२ जना सवार विमान पहाडी भेगमा दुर्घटनाग्रस्त



काठमाडौं । चीनमा १३२ जना सवार रहेको चाइना ईस्टर्न एअरलाइन्सको बोइङ विमान ग्वाङ्शी प्रान्तमा दुर्घटनामा परेको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

चीनको नागरिक उड्डयन प्रशासनले विमानमा १२३ जना यात्रु र नौजना चालकदलका सदस्य रहेको जनाएको छ । दुर्घटनाको कारण र कति मानिस हताहत भए भन्ने विवरण आइसकेको छैन् ।

पहाडी भेगमा भएको बोइङ ७३७ जेट दुर्घटनाका कारण जङ्गलमा आगो लागेको देखिएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

फ्लाइट नम्बर एमयू ५७३५ रहेको विमान स्थानीय समयानुसार १ः१५ बजे कुन्मिङबाट उठेर ग्वान्जाओतर्फ जाने तय भएको थियो ।

फ्लाइट ट्र्याकिङ गर्ने बेवसाइटहरूका अनुसार विमान एक घण्टाजति आकाशमा थियो । विमान वुझोउ प्रान्तनजिकै रहेको तेङ काउन्टी छेउमा झरेको देखिएको छ । ग्वाङ्सी प्रान्त ग्वान्जाओनजिकै छ ।

चिनियाँ सञ्चारमाध्म सीसीटीभीका अनुसार उद्धारकर्ताहरू घटनास्थलमा परिचालित भएका छन् ।

ँष्निजतच्बमबचद्दद्ध मा प्रकाशित विवरणअनुसार विमान अन्तिम पटक स्थानीय समयानुसार २ः२२ बजे ३,२२५ फिटको उचाइमा रहेको देखिएको थियो ।बीबीसी


प्रतिक्रिया दिनुहोस्