एलियन आएर पृथ्वीकी महिलालाई गर्भवती बनायो « Arthapath.com
२८ चैत्र २०७८, सोमबार

एलियन आएर पृथ्वीकी महिलालाई गर्भवती बनायो



काठमाडौं । विगतमा एलियन्स वा यूएफओ ९उडन तश्तरी० को सम्बन्धमा धेरै अचम्मलाग्दो दाबीहरू गरिएका छन् । तर अहिले आएको दाबी अनुसार एलियनको एक महिलासँग सम्बन्ध थियो, त्यसपछि ती महिला गर्भवती भइन् । यो चकित पार्ने दावी त्यतिबेला बाहिर आएको हो जब एक प्रतिवेदनमा अमेरिकी रक्षा मन्त्रालयले युएफओ भेटेर ‘असाधारण अनुभव’ भएको दाबी गर्ने व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरेको थियो ।

यस सम्बन्धमा रक्षा गुप्तचर एजेन्सीले पेन्टागनमा केही कागजात बुझाएको छ, जसलाई ‘द सन’ले प्रकाशित गरेको छ । प्रतिवेदनले एलियन वा यूएफओ नजिक हुँदा देख्न सक्ने प्रभावहरू वर्णन गरिएको छ । यसमा मानिसहरूलाई चोट पुर्याउनेदेखि लिएर अपहरण र तिनीहरूसँग ‘सेक्स’ गर्ने घटनाहरू समावेश छन् । एक साक्षीले दावी गरे कि यूएफओले मानिसहरुसंग यौन सम्बन्ध राख्यो र एक महिलालाई पनि गर्भवती बनायो। युएफओ र मानिसबीच पाँच पटक ‘सम्भोग’ भएको रिपोर्ट आएको पनि प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा अमेरिकास्थित एजेन्सी ःग्ँइल् ले मानिसमा यूएफओ दृष्यको जैविक प्रभाव र तिनीहरूको आवृत्तिको बारेमा बताएको छ । जसमा अपहरण, गर्भावस्था, यौनसम्पर्क, टेलिप्याथीको अनुभव जस्ता अनौठा घटनाहरु यूएफओको नजिक परेका मानिसहरुले अनुभव गरेको उल्लेख गरिएको छ ।

प्रतिवेदनमा भनिएको छ कि यूएफओरएलियनको निकटताले मानिसहरूलाई चोट पुर्याउन सक्छ, विकिरणले जलाउन सक्छ, मस्तिष्कमा समस्या निम्त्याउन सक्छ वा उनीहरूको स्नायुलाई असर गर्न सक्छ । यस बाहेक, साक्षीहरूको अन्य अनुभवहरू दुःस्वप्न, आवाज गुमाउनु, आँखामा चोटपटक, सास फेर्न गाह्रो हुनु र तौल घट्नु परेको थियो ।

प्रतिवेदनका अनुसार बाहिरी र अनौठो विमानको सम्पर्कका कारण धेरै मानिस घाइते भएका छन् । प्रतिवेदनले यस्ता वस्तुहरू अमेरिकी हितका लागि खतरा हुन सक्ने चेतावनी पनि दिएको छ ।


प्रतिक्रिया दिनुहोस्