संसारको सर्वाधिक धनिमा टिक्न सकेनन् बर्नार्ड, अम्बानी एक स्थान माथि « Arthapath.com
२५ मंसिर २०७९, आईतवार

संसारको सर्वाधिक धनिमा टिक्न सकेनन् बर्नार्ड, अम्बानी एक स्थान माथि



काठमाडौं । गत साता विश्वको सबैभन्दा धनि बनेका फ्रान्सेली ब्यवसायी बर्नार्ड आर्नल्ट यो हप्ता पुनः दोस्रो नम्बरमा झरेका छन् । गत हप्ताको अन्त्यतिर बर्नार्डले अमेरिकी अर्बपति एलन मस्कलाई उछिनेर सर्वाधिक धनि बनेका थिए । आइतबारसम्म पुनः मस्क नै पहिलो नम्बरमा पुगेका छन् ।

फेब्सको रियलटाइम धनिहरुको सूचीमा बर्नार्डलाई मस्कले डेढ अर्ब डलरले उछिनिसकेका छन् । टेस्ला, स्पेसएक्सदेखि अहिले ट्वीटरको समेत मालिक बनेका मस्क सर्वाधिक धनि हुन् ।

लुई भिटोन र सिफोहाजस्ता ७० ब्राण्डका फेसन उत्पादक बर्नार्ड फ्रान्सेली अर्वपति हुन् । संसारकै सबैभन्दा ठूलो हरित ऊर्जा उत्पादक, भारतका सबैभन्दा ठूला बन्दरगाह र विमानस्थल सञ्चालक एवम् सिमेण्ट, घरजग्गा र खाने तेल उत्पादनमा ठूलो लगानी गरेका भारतीय अर्बपति गौतम अडानी विश्वको तेस्रो धनि व्यक्ति हुन् । १ खर्ब ३४ अर्ब डलर सम्पत्ती सहित उनी व्यक्तिगततर्फ विश्वको दोस्रो धनि छन् ।

सन् २०२० सम्म ८.९ अर्ब डलर सम्पत्ति कमाएका अम्बानीले पछिल्लो २ वर्ष हाराहारीमै १५ गुणाभन्दा धेरै सम्पत्ती बनाएका छन् । अहिले उनीसँग १३३.९ अर्ब डलरको सम्पत्ती छ । यही रफ्तार कायम रहने हो भने उनी छिट्टै नै विश्वको नम्बर १ धनि बन्ने छन् ।

दुई वर्षअघिसम्म संसारकै धनि रहेका अमेरिकी जेफ बेजोस अहिले चौंथो स्थानमा झरेका छन् । बेजोस अमेरिकी ई–कमर्श कम्पनी अमेजनका मालिक हुन् । शेयर बजारका बादशाह भनेर चिनिने वारेन बफेट पाँचौं धनि व्यक्ति हुन् । उनी विश्वका धनिहरुमध्ये सबैभन्दा बयोबृद्ध (९२ वर्षका) पनि हुन् । डेढ दशकसम्म संसारको नम्बर १ धनि कहलिएका बिल गेट्स अहिले छैटौं नम्बरमा पुगेका छन् ।

भारतका अर्का अर्बपति मुकेश अम्बानी गत वर्ष ९ औं स्थानमा थिए । तर अहिले उनी संसारको आठौं धनि बनेका छन् । ९२.३ अर्ब डलर सम्पत्ति भएका उनी १०० अर्बभन्दा कम सम्पत्ती भएका अर्वपतिहरुमध्ये सबैभन्दा धनि हुन् । भारतमा रिलायन्स इण्डस्ट्रिज, जिओ मोबाइलजस्ता विशाल ब्राण्डका मालिक मुकेश पेट्रोलियमको पनि ठूलै कारोबार गर्छन् ।

रिलायन्स ग्रुपले आउँदो १०–१५ वर्षमा हरित ऊर्जा उत्पादनमा ८० अर्ब डलर लगानी गर्ने घोषणा गरिसकेको छ । अम्बानीमात्रै होइन, अडानी समूहले पनि ७० अर्ब डलर हरित ऊर्जामा लगानी गर्ने भनेको छ । यी अर्बपतिहरुको घोषणा नेपालको जलविद्युत् विकासमा पनि उपयोगी हुन सक्छ ।

अडानी समूह नेपालको कर्णाली चिसापानी जलविद्युत् आयोजना बनाउन पनि तत्पर भएको छ । यद्यपि, साढे १० हजार मेगावाट क्षमताको मुलुककै सबैभन्दा ठूलो विद्युत् आयोजना एउटा व्यवसायिक कम्पनीलाई दिन सहज भने हुने छैन ।


प्रतिक्रिया दिनुहोस्