विश्वको पाँचौँ ठूलो अर्थतन्त्र बन्ने होडमा रहेको इन्डोनेसियाले यसरी सार्दै छ राजधानी « Arthapath.com
२१ माघ २०८०, आईतवार

विश्वको पाँचौँ ठूलो अर्थतन्त्र बन्ने होडमा रहेको इन्डोनेसियाले यसरी सार्दै छ राजधानी



काठमाडौं । अवको ६ महिनापछि अर्थात् १७ अगस्ट २०२४ मा स्वतन्त्रता दिवसको अवसर पारेर इन्डोनेसियाले ‘नूसन्तारा’ नामको नयाँ शहरलाई आफ्नो राजधानी घोषणा गर्ने छ । हालको राजधानी जकार्ताबाट करीब ३०० किलोमिटर उत्तरपूर्वमा यो नयाँ शहर बसाउन लागिएहो हो ।

नयाँ राजधानी बोर्नियो द्वीपको कालिमन्तन क्षेत्रमा निर्माण भइरहेको छ । त्यहाँ करीब साढे दुई लाख हेक्टर क्षेत्रमा शहर बसाल्ने काम भइरहेको छ । नयाँ राजधानीको नाम नूसन्तरा राख्ने भनिएको छ, जसको अर्थ ‘प्रायद्वीप’ (तीनतिर समुद्र र एकतिर जमीनले घेरिएको इलाका) हुन्छ ।

जनसंख्याका आधारमा संसारको सबैभन्दा ठूलो मुस्लिम देश इन्डोनेसिया विश्वकै सबैभन्दा ठूलो टापुराष्ट्र पनि हो । यस देशका प्रमुख पाँच टापु (सुमात्रा, जाभा, कालिमन्तन, सुलावेसी र पपुवा) मध्ये कालिमन्तान सबैभन्दा ठूलो भूखण्ड हो । ‘बोर्नियो’ पनि भनिने यस टापुको दुई तिहाइ हिस्सा इन्डोसेसियाको पर्छ ।

बाँकी एक तिहाइमा अधिकतर हिस्सा मलेसिया र केही भाग ब्रुनाईको छ । यसरी उत्तरपश्चिममा मलेसियासँग १८८१ किलोमिटर लामो सीमा साझेदारी गरेका कारण इन्डोनेसिया सरकारले कालिमन्तन क्षेत्रलाई नै एक प्रायद्वीप मान्ने गरेको छ ।

पाँचौं ठूलो अर्थतन्त्रको होड

मलेसियाका राष्ट्रपति विडोडोले सन् २०१९ मा ‘गोल्डेन इन्डोनेसिया २०४५’ नामको एक महात्वाकांक्षी योजना घोषणा गरेका थिए । यस योजनाको उद्देश्य सन् २०४५ सम्म इन्डोनेसियालाई विश्वको पाँचौँ ठूलो अर्थतन्त्र बनाउने हो । किन की, त्यो साल इन्डोनेसिया स्वतन्त्र भएको १०० वर्ष पुग्ने छ ।

डच (नेदरल्याण्ड)ले साढे ३ सय वर्षभन्दा लामो उपनिवेश त्यागेपछि आठ दशकअघि इन्डोनेसिया स्वतन्त्र भएको थियो । त्यही स्वतन्त्रताको शतवार्षिकी मनाउँदै गर्दा आफ्नो देशलाई पाँचौं ठूलो अर्थव्यवस्था बनाउने महत्वाकांक्षी लक्ष्य सरकारले अघि सारेको हो । नयाँ राजधानी निर्माण पनि त्यही योजनाको एक हिस्सा हो ।

अहिले इन्डोनेसिया संसारको १६ औं ठूलो अर्थतन्त्र हो । अमेरिका, चीन, जर्मनी, जापान, भारत, ब्रिटेन, फ्रान्स, इटली, ब्राजिल, क्यानडा, रुस, मेक्सिको, दक्षिण कोरिया, अस्ट्रेलिया र स्पेन अहिले इन्डोनेसियाभन्दा ठूलो अर्थतन्त्र छन् । तर केही अनुमानहरुले सन् २०५० सम्म इन्डोनेसिया संसारको चौँथो ठूलो अर्थव्यवस्था बन्ने प्रक्षेपण गरेका छन् । ती अनुमान मुताबिक चीन, अमेरिका र भारतपछि उसको स्थान रहने छ ।

यसै वर्ष राजधानी घोषणा गरिने नयाँ शहरको निर्माण कार्य सन् २०४५ सम्म चल्ने छ । त्यतिञ्जेल यस नयाँ सहरमा २० लाख आवादी रहने अनुमान गरिएको छ । पहिलो चरणको काम यही साल सक्ने भनिएको छ । यस नयाँ राजधानी निर्माण आयोजनाका निम्ति ३५ अर्ब अमेरिकी डलर खर्च हुने अनुमान छ । यसमध्ये केवल १९ प्रतिशतमात्रै सरकारले गर्ने छ । बाँकी पैसा स्वदेशी र विदेशी लगानीकर्ताले खन्याउने छन् ।

पहिलो चरणको काम सक्नका लागि देशभरबाट करीब २ लाख मानिसहरु निर्माण कार्यमा जुटिरहेका छन् । हालसम्म पहिलो चरणको करीब ४० प्रतिशत काम सम्पन्न भइसकेको बताइएको छ । यस निर्माण कार्यले इन्डोनेसियाको आर्थिक बृद्धिमा पनि ठूलो सहयोग पुगेको छ । यसैले निर्यात घटेर समस्यामा परेको त्यहाँको अर्थतन्त्र ५ प्रतिशतभन्दा माथिको बृद्धिमा देखिएको छ ।

राजधानी सार्ने आठौं देश

आधुनिक विश्वमा सन् १९१८ मा पहिलो पल्ट रूसले राजधानि सारेको थियो । त्यहाँका कम्युनिष्ट शासक लेनिनले सेन्ट पिटर्सबर्गबाट मस्कोमा राजधानी सारेका थिए । सन् १९६७ मा पाकिस्तानले कराचीबाट स्लामाबाद सारेको थियो । ब्राजिलले सन् १९६० मा रियो दी जेनेरियोबाट ब्रासिलियामा नयाँ राजधानी बसाएको थियो ।

आइभरी कोस्टले १९७७ मा अबिड्जानबाट यामुसुक्रो सारेको थियो । एक शताब्दीमा चौँथो पल्ट राजधानी सार्ने देश यही हो, त्यहाँ तत्कालिन राष्ट्रपतिले आफ्नो जन्मस्थललाई राजधानी बनाएका थिए । सन् १९९१ मा नाइजेरियाले पनि लागोसबाट राजधानी सारेर अबुजा लगेको थियो ।

सन् १९७४ मा तान्जानियाले पनि आफ्नो पुरानो राजधानी दार ए सलामबाट डोडोमा सारेको थियो । कजाकिस्तानले सन् १९९७ मा पुरानो राजधानी अल्माटीबाट अष्टानामा सारेको थियो । म्यानमार (बर्मा)मा त्यहाँको सैन्य शासकले सन् २००५ मा रङ्गूनबाट नेपीडामा राजधानी सारेको थियो । अब यो योजना सफल भयो भने पछिल्लो १०० वर्षमा राजधानी फेर्ने आठौँ देश इन्डोनेसिया बन्ने छ ।


प्रतिक्रिया दिनुहोस्