भेटेरिनरी अस्पताल मनाङको बजेट दुई करोड ३८ लाख
काठमाडौं । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मनाङले चालु आर्थिक वर्ष २०७९र०८० को बजेट सार्वजनिक गरेको छ । केन्द्रका प्रमुख नारायण कुसुमले गत आर्थिक वर्ष २०७८र०७९ मा भएको प्रगति विवरण र चालु आवको कार्यक्रम तथा बजेट शनिवार आयोजित कार्यक्रममा सार्वजनिक गरेका हुन् ।
कार्यालय प्रमुख कुसुमका अनुसार चालु आवमा जिल्लाका लागि विभिन्न शीर्षकमा दुई करोड ३८ लाख ४४ हजार सय रुपैयाँ बराबरको कार्यक्रम रहेको छ । विनियोजित रकममध्ये १५ लाख ७५ हजार पुँजीगत खर्चतर्फ रहेको छ भने दुई करोड २२ लाख ६९ हजार चालु कार्यक्रमको खर्च रहेको छ ।
चालु आवका लागि पशुपछी तथा मत्स्य व्यवसाय, पशु स्वास्थ्य, पशु आहारा प्रवर्द्धन, पशु आनुवंशिक श्रोत संरक्षण, एकीकृत स्वास्थ्य, क्षमता अभिवृद्धि, सुशासन तथा पारदर्शिता कार्यक्रमलगायत कार्यक्रम रहेको कार्यालय प्रमुख कुसुमले बताए ।भेटिरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्र मनाङले संयुक्त कार्यक्रम गरी चालु आवका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
















