चालु आवको दुई महिनामा एक अर्ब रुपैयाँ राजस्व संकलनः १४ खर्ब भन्दा बढी उठाउने लक्ष्य « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

चालु आवको दुई महिनामा एक अर्ब रुपैयाँ राजस्व संकलनः १४ खर्ब भन्दा बढी उठाउने लक्ष्य



काठमाडौं । सररकारले चालु आर्थिक वर्षको दुई महिनामा एक अर्ब रुपैयाँ राजस्व उठाएको छ । यो गत वर्षको तुलनामा १५ प्रतिशतले कम हो।

गत चालु आव २०७८ र ७९ को दुई महिनामा सरकारले एक खर्ब ६८ अर्ब रुपैयाँ राजस्व उठाएको थियो । सरकारले चालु आर्थिक वर्षभरीमा १४ खर्ब तीन अर्ब राजस्व उठाउने लक्ष्य लिएकोमा हालसम्म १०.२५ प्रतिशत राजस्व उठेको छ ।
सरकारले करबापत एक खर्ब ३० अर्ब र गैर करबापत १३ अर्ब १० करोड संकलन गरेको हो।

यो वार्षिक लक्ष्यको क्रमशः १०.०९ प्रतिशतदेखि १२.१६ प्रतिशत हो। गत वर्षको सुरूमा खर्च वृद्धि गर्न नसकेको सरकारले चालु आवमा भने केही वृद्धि गरेको छ। १७ खर्ब ९३ अर्ब रुपैयाँ खर्च गर्ने वार्षिक लक्ष्य लिएको सरकारले एक खर्ब ३४ अर्ब खर्च गरेको छ।

गत वर्ष यो अवधिमा वार्षिक लक्ष्यको ०.६९ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको सरकारले यस वर्ष लक्ष्यको १.५४ प्रतिशत खर्च भएको छ।चालु आवको दुई महिनामा सरकारले पाँच अर्ब ८६ करोड पुँजीगत खर्च र एक खर्ब आठ अर्ब चालु खर्च गरेको छ। चालु खर्च वार्षिक लक्ष्यको ९.१९ प्रतिशत भएको छ।


प्रतिक्रिया दिनुहोस्