यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ) « Arthapath.com
२७ बैशाख २०८०, बुधबार

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ)



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.७६ प्रतिशत रहेको छ ।

आयात १८.१ प्रतिशतले, निर्यात २६.३ प्रतिशतलेर कुल वस्तु व्यापार घाटा १७.१ प्रतिशतले घटेको छ । त्यस्तै, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २४.२ प्रतिशतले र अमेरिकी डलरमा १३.९ प्रतिशतले बढेको छ ।

शोधनान्तर स्थिति १८० अर्ब १७ करोड रुपैयाँलेबचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति १४३३ अर्ब ७३ करोड र अमेरिकी डलरमा १० अर्ब ९४ करोड रहेको तथ्याङमा उल्लेख गरीएको छ ।

संघीय सरकारको खर्च ९४३ अर्ब ५ करोड रुपैयाँ र राजस्व परिचालन ६८३ अर्ब ८१ करोड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्