आधा खर्ब बराबरको वैदेशिक ऋण तथा अनुदान लिँदै सरकार « Arthapath.com
४ असार २०८२, बुधबार

आधा खर्ब बराबरको वैदेशिक ऋण तथा अनुदान लिँदै सरकार



काठमाडौं । सरकारले आधा खर्ब बराबरको वैदेशिक ऋण तथा अनुदान लिने भएको छ । विश्व बैंकबाट ५० अर्ब ५१ करोड रुपैयाँ बराबरको ऋण तथा अनुदान लिने भएको हो ।

असार २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो बराबरको सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको हो ।

विश्व बैंकबाट पुल सुधार तथा मर्मत कार्यक्रमका लागि २० अर्ब ७९ करोड रुपैयाा सहुलियतपूर्ण ऋण लिने भएको छ । यस्तै, रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार गर्न २९ अर्ब ७२ करोड रुपैयाँ ऋण लिने भएको हो ।

सोही बैठकले ग्रामिण विकास परियोजना बर्दियामा सञ्चालन गर्न दक्षिण कोरियाबाट १ अर्ब ८ करोड ८० लाख अनुदान लिने भएको छ ।


प्रतिक्रिया दिनुहोस्