वीरगञ्ज भन्सारले ११ महिनामा उठायाे साढे १ खर्ब राजस्व « Arthapath.com
२५ असार २०८२, बुधबार

वीरगञ्ज भन्सारले ११ महिनामा उठायाे साढे १ खर्ब राजस्व



काठमाडाैं । चालु आर्थिक वर्षका एघार महिनामा वीरगञ्ज भन्सार कार्यालयले वार्षिक लक्ष्यको ७९ प्रतिशत राजस्व उठाएकाे छ।

चालु आवकाे साउनदखि जेठसम्म कार्यालयले कुल १ खर्ब ५८ अर्ब ६० करोड ४३ लाख रुपैयाँ राजस्व संकलन गरेको हाे।

कार्यालयकाे तथ्यांक अनुसार साउनमा १२ अर्ब १५ करोड, भदौमा १३ अर्ब ४२ करोड, असोजमा १३ अर्ब ४७ करोड, कात्तिकमा ११ अर्ब १० करोड, मङ्सिरमा १४ अर्ब ४० करोड राजस्व संकलन भएको थियो। त्यस्तै, पुसमा १५ अर्ब ४७ करोड, माघमा १४ अर्ब ४४ करोड, फागुनमा १४ अर्ब ६३ करोड, चैतमा १५ अर्ब ४७ करोड, र वैशाखमा १५ अर्ब ७२ करोड राजस्व संकलन भएको छ। जेठ महिनामा भने सबैभन्दा बढी, अर्थात् १८ अर्ब १८ करोड राजस्व संकलन गरिएको छ।

आर्थिक वर्षको बजेटले उत्साह जगाएको हुँदा जेठ महिनामा राजस्व संकलनमा उल्लेखनीय वृद्धि आएको कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बताए । राजस्वमा पेट्रोलियम पदार्थ र सवारीसाधन आयातकाे ठूलो योगदान रहेकाे छ।

भन्सार विभागले कार्यालयका लागि यस वर्ष दुई खर्ब १८ अर्ब ९५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको छ।


प्रतिक्रिया दिनुहोस्