माउन्टेन इनर्जी नेपालद्धारा लाभांश घोषणा, बुक क्लोजको मिति समेत तय « Arthapath.com
३० कार्तिक २०७९, बुधबार

माउन्टेन इनर्जी नेपालद्धारा लाभांश घोषणा, बुक क्लोजको मिति समेत तय



काठमाडौं । माउन्टेन इनर्जी नेपाल कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको कात्तिक २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको करसहित १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि मंसिर २७ गते एक दिन बुकक्लोज गर्ने भएको हुदाँ मंसिर २६ गतेसम्म कायम शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश पाउने छन् । कम्पनीको वार्षिक साधारण सभा पौष ८ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस्