एनआईसी एशिया बैंकद्वारा हाम्रो साझा घर, सत्यश्वर शिवशक्ति विद्यालय र अरनिको विद्यालयलाई सहयोग
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत परोपकारी संस्था तथा विद्यालयहरुलाई विभिन्न सहयोग सामग्रीहरु प्रदान गरेको छ ।
बैंकले बिर्तामोड, झापा जिल्लास्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा संचालित हाम्रो साझा घरमा फर्निचर, निजगढ, बारा जिल्लास्थित श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र मेचिनगर, झापा जिल्लास्थित अरनिको माध्यमिक विद्यालयमा शैक्षिक सामग्रीहरु सहयोग प्रदान गरेको छ ।
यही ज्येष्ठ २१ गते एक कार्यक्रमका बीच केन्द्रीय संचालन विभाग प्रमुख प्रकाश श्रेष्ठ र बिर्तामोड सर्कल हेड डेन राज सुब्बाले हाम्रो साझा घरकी अध्यक्ष विष्णु दिदी कार्कीलाई बेडहरु हस्तान्तरण गरे । उक्त संस्थामा हाल ४४ भन्दा धेरै असहाय, अशक्त तथा वृद्ध व्यक्तिहरुलाई खानबस्ने व्यवस्था सहित सहारा प्रदान गर्दै आइरहेको छ ।
त्यसैगरी, यही ज्येष्ठ २२ गते सम्पन्न अर्को एक कार्यक्रमका बीच वीरगन्जका सर्कल हेड गोपाल प्रसाद सुवेदीले सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयका प्रधानाध्यापक उमेश कुमार स्वर्णकारलाई ल्यापटप तथा प्रोजेक्टर प्रदान गरे । साथै, सोही दिन सम्पन्न अर्को एक कार्यक्रममा केन्द्रीय संचालन विभाग प्रमुख प्रकाश श्रेष्ठ र बिर्तामोड सर्कल हेड डेन राज सुब्बाले श्री अरनिको माध्यमिक विद्यालयका प्रधानाध्यापक विशाल भट्टराईलाई स्मार्टबोर्ड र ल्यापटप प्रदान गरे ।
सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयमा २६३ भन्दा धेरै विद्यार्थीहरु र अरनिको माध्यमिक विद्यालयमा ३५० भन्दा धेरै विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।
असहाय, अशक्त तथा पाका उमेरका व्यक्तिहरुलाई सहारा प्रदान गरिरहेको साझा घरलाई उपलब्ध गराइएको सहयोगबाट उक्त संस्थामा आश्रित व्यक्तिहरुको दैनिक जीवन अझ सहझ तथा स्वस्थकर हुनुको साथै सरकारी/सामुदायिक विद्यालयहरुलाई उपलब्ध गराइएको शैक्षिक सामग्रीबाट डिजिटल सिकाई अभ्यासलाई सुदृढ बनाउने, विद्यालयमा विद्यार्थी सहभागिता बढाउने तथा गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न समेत सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।


















