एकैदिन काटियो बक्यौता महशुल नतिर्ने ६ वटा एनसेल टावरको विद्युत लाइन « Arthapath.com
१३ पुष २०८०, शुक्रबार

एकैदिन काटियो बक्यौता महशुल नतिर्ने ६ वटा एनसेल टावरको विद्युत लाइन



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल नतिर्ने दुरसंचार सेवा प्रदायक एनसेलको ६ वटा टावरको विद्युत लाइन काटिदिएको छ ।

प्राधिकरणको पालुङ वितरण केन्द्रले शुक्रबार बक्यौता विद्युत महसुल नतिरेको भन्दै लाइन काटेको हो । केन्द्रले ३ महिनामासम्म महशुल नबुझाउने सिमभन्ज्याङ, कुलेखानी देउराली, सल्ले, फाखेल मार्खु र कुन्छालमा एनसेल टावरको लाइन काटेको छ ।

पटक पटक बक्यौता रकम बुझाउन ताकेता गर्दा पनि अटेर गरेपछि टावरको लाइन काटिएको केन्द्रले जनाएको छ । मकवानपुरको थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकामा क्षेत्रमा एनसेलका १३ वटा टावर जडित छन् । ती टावरहरुले ७ लाख ४३ हजार रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको पालुङ वितरण केन्द्रले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्