ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न « Arthapath.com
४ असार २०८२, बुधबार

ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न




बुटवल । ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक वर्ष २०८०÷८१ का लागि आयोजना गरिएको उक्त कार्यक्रम बिहिबार बुटवलमा सम्पन्न भएकाे हाे ।

कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुख तथा नेपाल बीमा प्राधिकरणकी प्रतिनिधि जमुना अर्याल (आचार्य) साथै, विशेष अतिथिमा बुटवलका वरिष्ठ प्रहरी नायब निरीक्षक राजकुमार चापागाईंको सहभागी रहेको थियो ।

सभामा कम्पनीका अध्यक्ष जगत बहादुर पोखरेलले अध्यक्षीय मन्तव्य दिँदै कम्पनीको आर्थिक प्रगति, आगामी योजनाहरू तथा ग्राहक सेवामा सुधारका लागि लिइएका रणनीतिहरू प्रस्तुत गरे। कम्पनीका प्रमुख कार्यकारी अधिकृत उज्ज्वल ढुङ्गानाले बीमा पहुँचलाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्ने उद्देश्य र देशभर अझै नयाँ शाखाहरू विस्तार गर्दै कम्पनीको व्यापार र व्यवसायलाई अझै बढाउने योजना प्रस्तुत गरे ।

कार्यक्रमको एक विशेष खण्डमा, लुम्बिनी प्रदेश प्रमुख जमुना अर्याल (आचार्य), ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडका अध्यक्ष जगत बहादुर पोखरेल र वरिष्ठ प्रहरी नायब निरीक्षक राजकुमार चापागाईंले संयुक्त रूपमा हरियाली यातायात प्रालि (बुटवल), मेच्यधाम यातायात प्रालि (मणिग्राम), र सत्यवती यातायात प्रा.लि. (देविनगर) लाई १०० थान रिफ्लेक्टिभ ज्याकेट वितरण गरे ।

कार्यक्रममा शेयरधनीहरू, कम्पनीका विभिन्न शाखा प्रमुखहरू, तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमले संस्थाको पारदर्शिता, व्यावसायिक प्रगति तथा सामाजिक उत्तरदायित्वमा प्रतिबद्धता पुनः पुष्टि गरेको छ ।

ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले देशभर उत्कृष्ट बीमा सेवा प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा बीमित वर्गलाई अझ सशक्त सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्