घट्याे पेट्राेल र डिजेलकाे मूल्य, कति पुग्याे ?

काठमाडौं । आज मध्यरातिदेखि लागु हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
पेट्रोलमा प्रति लिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटेको निगमले जनाएकाे छ। नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ ।
नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १५७ रुपैयाँ र डिजेल प्रतिलिटर १४२ रुपैयाँ कायम भएको छ।
त्यस्तै, सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ र डिजेल प्रतिलिटर १४१ रुपैयाँ तथा बाँकी ठाउँमा पेट्रोल प्रतिलिटर १५४.५० रुपैयाँ र डिजेल प्रतिलिटर १३९.५० रुपैयाँ कायम भएको निगमले जनाएको छ।
