मोरङ उद्योग व्यापार सङ्घद्वारा नेपाली अर्थतन्त्रमा शेयर बजारको प्रभाव विषयक विजटक कार्यक्रम

विराटनगर । मोरङ उद्योग व्यापार सङ्घको आयोजना तथा रोटरी क्लब अफ विराटनगर फ्युजन, रोटरेक्ट क्लब अफ विराटनगरको सहयोगमा ‘नेपाली अर्थतन्त्रमा शेयर बजारको प्रभाव’ विषयक विजटक कार्यक्रम आयोजना गरिएको छ ।
मोरङ उद्योग व्यापार सङ्घका कार्यकारिणी सदस्य एवं विजटक कार्यक्रमका संयोजक ओम प्रकाश शर्माको संयोजकत्वमा सङ्घमा आयोजित उक्त विजटक कार्यक्रममा प्यानलिष्टको रूपमा मितेरी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनन्त चापागाईँ, विशाल मैदा मिलका प्रबन्ध निर्देशक विकास कुमार बागवानी, शुभकामना सेक्युरिटीका प्रोमोटर निखिल अग्रवाल र मोडरेटरको रूपमा केतन बोहराको उपस्थिति रहेको थियो ।
रोटरी क्लब अफ विराटनगर फ्युजनका अध्यक्ष विवेक अग्रवालको सहकार्यमा रोटरेक्ट क्लब अफ विराटनगरका अध्यक्ष प्रेम पारखद्वारा सञ्चालित उक्त कार्यक्रमलाई शुभकामना सेक्युरिटीले प्रायोजन गरेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य दिने क्रममा संयोजक ओम प्रकाश शर्माले नेपालको शेयर बजारको विद्यमान अवस्था र आगामी दिनका अपेक्षाहरू बारे आफ्नो धारणा राख्नु भएको थियो । सो क्रममा संयोजक शर्माले नेपालको शेयर बजार हाल विकासशील तर अस्थिर अवस्थामा रहेको बताएका छन् ।
विद्यमान अवस्था हेर्दा नेपाली शेयर बजारको आकार ठुलो हुँदै गइरहेको तर कतिपय अस्पष्ट नीतिहरूका कारण शेयर बजारमा उतार चढाव भई नै रहने जिकिर गर्नु भएको थियो । नियमन सुधार, आई.पी.ओ. खुल्ने दर वृद्धि तथा निजी क्षेत्रको विश्वास पुनः जागृत गर्ने खालका सुधारात्मक नीतिहरूबाट नेपाली शेयर बजार दीर्घकालीन रूपले सशक्त हुने, लगानीकर्ताहरूको आकर्षण बढ्ने र आर्थिक वृद्धिको एक महत्त्वपूर्ण माध्यम समेत बन्ने धारणा व्यक्त गर्दै बताउँदै संयोजक शर्माले त्यसका लागि सम्बन्धित तथा नियामक निकायले तत्कालै ध्यान पु¥याउन आवश्यक रहेको बताउनु भएको थियो ।
साथै, कार्यक्रममा मोडरेटर र प्यानलिष्टहरु बिच नेपाली शेयर बजारको विद्यमान अवस्था र सुधारका विषयहरूमा चर्चा परिचर्चा हुनुका साथै सहभागीहरूबाट उठेका जिज्ञासाहरू प्रति प्यानलिष्टहरुले आ–आफ्ना धारणाहरू व्यक्त गरेका थिए ।
कार्यक्रममा सङ्घका अध्यक्ष अनुपम राठी सहित सङ्घका पदाधिकारीहरू, कार्यसमिति सदस्यहरू, युवा उद्यम समितिहरू, महिला उद्यम समितिहरू, रोटरी क्लब अफ विराटनगर फ्युजन र रोटरेक्ट क्लब अफ विराटनगरका पदाधिकारीहरू एवं कार्यसमिति सदस्यहरू, विभिन्न सङ्घ÷संस्थाका प्रतिनिधिहरू, उद्योगी÷व्यवसायीहरू, शेयर लगानीकर्ताहरू, सञ्चार कर्मीहरू, आम सर्वसाधारण लगायतको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रमलाई मकालु टेलिभिजनले प्रत्यक्ष प्रसारण समेत गरेको थियो ।