वाणिज्य विभागले ९२ व्यवसायिक फर्मलाई तिरायाे करिव २ कराेड जरिवाना

काठमाडाैं । वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले ९२ वटा व्यवसायिक फर्मलाई १ करोड ९२ लाख रुपैयाँ बराबरको जरिवाना तिराएकाे छ ।
विभागले गत तीन महिनाको अवधिमा विभिन्न वस्तु तथा सेवा क्षेत्रसँग सम्बन्धित ९२ वटा व्यवसायिक फर्मलाई उक्त जरिवाना तिराएकाे हाे ।
उक्त अवधिमा विभागले ७१३ वटा फर्म तथा उद्योगहरूको निरीक्षण तथा अनुगमन गरेको जनाएको छ। अनुगमन क्रममा २६ वटा फर्म तथा उद्योगलाई चेतावनीसहित निर्देशन दिइएको छ भने ३०८ वटा व्यवसायिक फर्मसँग आवश्यक कागजात माग गरिएको थियो।
त्यसैगरी, काठमाडौं उपत्यकाभित्र रहेका २८ वटा निजी विद्यालयहरूमा समेत विभागले निरीक्षण गरेको थियो।
हाल विभागले सिमेन्ट, फलामे डण्डी, सवारीसाधनका पार्टपुर्जा, खाद्य सामग्री, जुत्ताचप्पल, भवन निर्माण सामग्री, सर्जिकल उपकरण, डिपार्टमेन्ट स्टोर, लत्ताकपडा, विद्युत उपकरण र सौन्दर्य सामाग्री बेच्ने पसलहरूमा अधिकतम खुद्रा मूल्य ९एमआरपी० उल्लेख गर्न अनिवार्य बनाएको छ।