नेप्सेमा ग्रीन भेन्चर्सको आईपीओ सूचीकृत, कति पायो आपेनिङ्ग रेञ्ज ? « Arthapath.com
२४ जेष्ठ २०८२, शनिबार

नेप्सेमा ग्रीन भेन्चर्सको आईपीओ सूचीकृत, कति पायो आपेनिङ्ग रेञ्ज ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार एक कम्पनीको आईपीओ सूचीकृत भएको छ । आइतबार नेप्सेमा ग्रीन भेन्चर्स लिमिटेडको ३ करोड १२ लाख ५० हजार कित्ता आईपीओ सूचीकृत भएको हो ।

जसमध्ये स्थायिन वासिन्दालाई बिक्री गरेको ३१ लाख २५ हजार कित्ता, सर्वसाधारण लगानीकर्तालाई बिक्री गरेको ३१ लाख २५ हजार र कम्पनीका संस्थापक शेयरधनीको २ करोड ५० लाख कित्ता गरी कूल ३ करोड १२ लाद ५० हजार कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको पहिलो कारोबारका लागि प्रतिशेयर न्युनतम ९१ रूपैयाँ ८६ पैसादेखि अधिकतम २७५ रुपैयाँ ५८ पैसासम्म ओपनिङ रेञ्ज तोकेको छ ।

नेप्सेले कम्पनीको दोश्रो बजारमा कारोबारका लागि जीभीएल (GVL) सिम्बोल दिएको छ ।


प्रतिक्रिया दिनुहोस्