चिलिमे हाइड्रोपावरले कमायो ४७ करोड नाफा, ९ महिनामा बेच्यो ७८ करोड बढीको बिजुली « Arthapath.com
२४ बैशाख २०८१, सोमबार

चिलिमे हाइड्रोपावरले कमायो ४७ करोड नाफा, ९ महिनामा बेच्यो ७८ करोड बढीको बिजुली



काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीको नाफामा गिरावट आएको छ । कम्पनीको नाफा झन्डै ११ प्रतिशत घटेको छ ।

कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार ९ महिनामा ४७ करोड ९ लाख २९ हजार रुपैयाँ नाफा कमाएको छ । तर, यो नाफ गत आवको सोही अवधिको तुलनामा भने १०.९७ प्रतिशत कमी हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीले ५२ करोड ८९ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीमा सामान्य गिरावट आएको छ । यस्तो आम्दानी घटेसँगै कम्पनीको नाफा प्रभावित भएको हो । ९ महिनामा चिलिमेले ७८ करोड २५ लाख ६ हजार रुपैयाँ बराबरको विद्युत बेचेको छ । तर, यो गत आवको तुलनामा भने २.७० प्रतिशत कमी हो । गत आवाको चैत मसान्तसम्ममा कम्पनीले ८० करोड ४२ लाख ५६ हजार रुपैयाँ बराबरको विद्युत बिक्री गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको संचालन नाफा पनि झन्डै ५ प्रतिशत घटेर ४८ करोड ४३ लाख रुपैयाँ कायम भएको छ । यता, वित्तीय आम्दानीमा पनि गिरावट आई १२ करोड ३६ लाख रुपैयाँ कायम भएको छ।

हाल कम्पनीको चुक्ता पुँजी ७ अर्ब ९८ करोड ३९ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको अर्निङ्गमा २ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ छ । अहिले कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ७ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ९३ पैसा कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्