राष्ट्रिय वाणिज्य बैंकको सिइओ बन्न २० जनाको आवेदन, क–कसले दिए ? « Arthapath.com
२७ बैशाख २०८१, बिहीबार

राष्ट्रिय वाणिज्य बैंकको सिइओ बन्न २० जनाको आवेदन, क–कसले दिए ?



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) बन्नका लागि डेढ दर्जन बढीको आवेदन परेको छ ।

बैंकले गत बैशाख ७ गतेदेखि सिइओका लागि आवेदन खुला गरेको थियो । बैंकले २१ दिने म्याद राखेर दरखास्त खुलाएको थियो । दरखास्त दिने अन्तिम दिनसम्म २० जनाले आवेदन दिएका हुन् ।

बैंकको सिइओ पदका लागि पहिलो आवेदन रामदेव यादवले दिएका छन्। उनले बैशाख २३ गते आइतबार सिइओका लागि आवेदन दिएका हुन् । हिजो अर्थात् बैशाख २६ गते बुधवार तीन जना अगम मुखिया, दुर्गा कुमारी कंडेल, र नरेश राज अर्यालले आवेदन दिएका थिए ।

यी चार वटा बाहेकका अन्य १६ वटा आवेदन भने अन्तिम दिन अर्थात् बिहीबार परेको हो । आवेदन दिनेमा पवन रेग्मी, विष्णु देव यादव, प्रकाश चन्द्र अधिकारी, डा. राम राज उपाध्याय, देवेन्द्र रमण खनाल, दीर्घ बहादुर अर्याल, झविन्द्र खत्री, गणेश प्रसाद गौतम, कृष्ण बहादुर अधिकारी, सरेश देवकोटा रहेका छन् । यस्तै, शंकर केसी, प्रमोद बावु तिवारी, कृष्ण प्रसाद आचार्य, शंकर कुमार रायमाझी र माधव प्रसाद रेग्मीले बैंकको सिइओ पदका लागि आवेदन दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्